सञ्चार सचिव अर्यालद्वारा पदभार ग्रहण

काठमाडाैं | साउन १६, २०८१

सञ्चार सचिव अर्यालद्वारा पदभार ग्रहण

काठमाडौं:     सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ । 

    
पदभार सम्हाल्दै सचिव अर्यालले मन्त्रालयको हितमा सबैले सहकार्य गरेर जिम्मेवारी बहन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । 


सूचना र प्रविधिका माध्यमबाट देशलाई सुशासन, सूचना प्रवाह र विकासतर्फ उन्मुख गराउन मद्दत पुग्ने उहाँले उल्लेख गर्नुभयो । जिम्मेवारीसँगै काम गर्न चुनौती पनि उत्तिकै रहेको उहाँको भनाइ थियो । 

    
“सबै कर्मचारीले मन्त्रालयको छवि स्वच्छ राख्दै जिम्मेवारी पूरा गर्नुहुनेछ भन्नेमा विश्वस्त छु”, सचिव अर्यालले भन्नुभयो । 

    
सो अवसरमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारीले मन्त्रालयका विविध गतिविधिबारे सचिव अर्याललाई जानकारी गराउनुभएको थियो । 

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ।   इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...

थप पढ्नुहोस्

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्