बागलुङ पहिरो अपडेट: ८ जनाको मृत्यु
बाग्लुङ | साउन २२, २०८१
बागलुङ: बागलुङको बडिगाड गाउँपालिका पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । बडिगाड गाउँपालिका १० र ९ मा गरेको छुट्टछुट्टै पहिरोमा पुरिएर ८ जनाको मृत्यु सहकाय प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
बरालका अनुसार बडिगाड १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । पहिरोमा परी चार जना गम्भिर घाइते भएको उनको भनाई छ ।
मृत्यु हुनेमा बडिगाड १० निवासी सात वर्षीया मालती बुढा, सात वर्षीय मधु बुढा, सन्जु बिकको छ महिनाकी छोरी, १२ वर्षका मनोज बुढा, १२ वर्षका अमन बुढा र ५९ वर्षका मैतीदेवि बिकको मृत्यु भएको छ ।
पहिरोमा परी वर्ष ४६ का संगिता बुढा, वर्ष ५९ का सुमित्रा बिक, वर्ष ३२ का सिता थापा र वर्ष ४२ का मंगलसिंह बुढा गम्भिर घाइते भएका छन् ।
पहिरोमा अझै दुईजना पुरिएको हुनसक्ने आशंका गरिएको छ । अहिले उद्दार चलिरेको छ ।
यस्तै बडिगाड–९ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षका विधान परियार र २४ वर्षका गंगा बस्नेत रहेका छन् । परियारलाई घर माथिबाट आएको पहिरोले पुरेको थियो भने बस्नेत बाटेमा हिड्दै गर्दा पहिरोले पुरेको थियो ।
गम्भिर घाइतेलाई हेलिकप्टर मार्फत उद्दार गर्न पहल भइरहेको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिए ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग...
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिप सुरु भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको च्याम्पियनसिपमा पहिलो दिन शसस्त्र...
पोखरा: पोखरा महानगर वडा नं १५ को आयोजनामा जारी वृहत खेलकुद महोत्सवमा शुक्रबार विद्यालय स्तरीय छात्रछात्रा दौड सम्पन्न भएका छन । जसअन्तर्गत छात्रा तर्फको दौडको उपाधि सेन्ट फ्रान्सिका बिजय बिकले ह...

