‘डुलुवा’ टोली भारतको कन्याकुमारीमा, पोखराको पर्यटन प्रवद्धनमा टेवा

पाेखरा | साउन २९, २०८१

‘डुलुवा’ टोली भारतको कन्याकुमारीमा, पोखराको पर्यटन प्रवद्धनमा टेवा

पोखरा:    पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । 


पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट प्रस्तान गरेको थियो । उनीहरु कास्कीकोटको कालिका मन्दिरमा पुजा गरेर हिडेको टोली कन्याकुमारीमा पुगेको छ ।


उनीहरुले विहार प्रदेश, पश्चिमा बंगाल, भारखण्ड, उडीसा, तामील नाडु प्रदेशको यात्रा गर्दै कन्याकुमारी पुगको टोलीका सदस्य ठाकुर बरालले जानकारी दिए । उनीहरुल अहिले सम्म ४५ सय किलोमिटरका यात्रा पुरा गरीसकेका छन् । उनीहरु केटुकेको यात्रा पुरागरी केरला, गोवा, मुब्बइ, दिल्ली, जयपुर, गोरखपुर, सुनोली हुदै पोखरा फर्किने बरालले बताए ।


भ्रमणका क्रममा स्थानीय जिवनशैली, रितिरिवाज, पर्यटन व्यवसायी सगँ छलफल गरेको टोलीका संयोजक योगश भट्टराईले जानकारी दिए । उनले भ्रमणले पर्यटकी राजधानी पोखराको पर्यटन प्रवद्र्धधनमा टेवा पुगेको विश्वास व्यक्त गरे ।


नेपालको कास्कीकोट देखि भारतको कन्याकुमारी सम्मको भ्रमणलाई ‘केटुके’ नाम दिएर पर्यटन प्रवद्र्धनात्मकमा निस्किएको हो । भ्रमण अगष्ट १ देखि शुरु भएर २५ अगष्टमा पोखरा मानै आएर टुङ्गिने छ ।


टोली १९ जनाको छने भने ४ वटा गाडीमा उनीहरुले यात्रा गरीरहेका छन् । ‘डुलुवा’ अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीय पर्यटकहरूलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउने संयोजक भट्टराईको भनाई छ ।


टोलीले हरेक सहरमा स्थानिय व्यवसायी र पत्रकारसँग छलफल तथा अन्र्तक्रिया गर्दै आगडी बढेको उनले बताए । नेपाली संस्कृतिमा प्रचलित ‘डुलुवा’लाई युवालक्षित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन २००८ मा यो स्थापना भएको हो । ‘डुलुवा’ ले नेपालका ७० जिल्लाको भ्रमण गरिसकेको छ भने विदेशमा भारतको लेहलद्दाखसम्मको यात्रा गरिसेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्