म्याग्दीमा बोलेरो दुर्घटना हुँदा एक जना घाइते

म्याग्दी | साउन ३०, २०८१

म्याग्दीमा बोलेरो दुर्घटना हुँदा एक जना घाइते

म्याग्दी:   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा सामान लोड गर्दै गरेको बोलेरो दुर्घटना हुँदा एक जना भएका छन् । 


आज विहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो भिरालो सडकबाट पछाडी गुडेपछि भिरबाट खसेको थियो ।


दुर्घटनामा परेर स्थानीय भिमबहादुर पाइजा घाइते भएका हुन् । बोलेरोसंगै खसेका पाइजाको गाउँमै प्राथमिक उपचार गरेर थप उपचारको लागि पोखरा पठाइएको वडा सदस्य उर्मिला पुन मगरले जानकारी दिए । 


टिकोट गाउँको खेलमैदान नजिक बोलेरोमा चालक केशब पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडी गुडेपछि दुर्घटना भएको थियो ।

काठमाडौं: नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ । कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय...

थप पढ्नुहोस्

काठमाडौं:  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।  आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु। ९०० र चाँदीे रु। ६५ ले बढेको हो ।  नेपाल सुनच...

थप पढ्नुहोस्

लमजुङ:  पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।  लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक मंगलबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका ना...

थप पढ्नुहोस्