म्याग्दीमा बोलेरो दुर्घटना हुँदा एक जना घाइते

म्याग्दी | साउन ३०, २०८१

म्याग्दीमा बोलेरो दुर्घटना हुँदा एक जना घाइते

म्याग्दी:   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा सामान लोड गर्दै गरेको बोलेरो दुर्घटना हुँदा एक जना भएका छन् । 


आज विहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो भिरालो सडकबाट पछाडी गुडेपछि भिरबाट खसेको थियो ।


दुर्घटनामा परेर स्थानीय भिमबहादुर पाइजा घाइते भएका हुन् । बोलेरोसंगै खसेका पाइजाको गाउँमै प्राथमिक उपचार गरेर थप उपचारको लागि पोखरा पठाइएको वडा सदस्य उर्मिला पुन मगरले जानकारी दिए । 


टिकोट गाउँको खेलमैदान नजिक बोलेरोमा चालक केशब पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडी गुडेपछि दुर्घटना भएको थियो ।

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्