हल्लनचोकमा गामबेसी पोखरा रोधि क्लब

भदौ १–८ गतेसम्म राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

पाेखरा | साउन ३१, २०८१

हल्लनचोकमा गामबेसी पोखरा रोधि क्लब

पोखरा:   ‘पर्यटकीय राजधानी पोखरा’ हल्लनचोकमा गामबेसी पोखरा रोधि क्लब सञ्चालनमा आएको छ । 


बैशाख २८ गतेदेखि नै सञ्चालन आएको गामबेसी पोखरा रोधि क्लबको औपचारिक शुभारम्भ भने भदौ १ गतेदेखि गर्न लागेको सञ्चालक नरबहादुर थापाले बताए । 


‘पोखरा पाकृतिक सौन्दर्यताका साथै कला र सस्कृतिले भरिपूर्ण शहर हो, पोखराको लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षकको रुपमा पर्दछ’, थापाले भने, ‘पोखरा लेकसाइडमा आउने पर्यटकहरुलाई थप मनोरञ्जन दिन हामीले सामूहिक रुपमा हल्लचोकमा गामबेसी रोधि क्लब सञ्चालनमा ल्याएका छौं, भदौ १ गतेदेखि औपचारिक रुपमा शुभारम्भ समेत गर्दै छौं ।’

 


उनले औपचारिक शुभारम्भको अवसरमा भदौ १ देखि ८ गतेसम्म शुभारम्भ विशेष सांगीतिक कार्यक्रम समेत आयोजना गरिएको बताए । 


शुभारम्भ विशेष सांगीतिक कार्यक्रममा भूमिका गिरी, जीवन दाहाल, श्याम राना, चिज गुरुङ, निञ्चल दवाडी, बबिता बानिया जेरी, अस्मिता डल्लाकोटी, माया गुरुङ, आशा विसी, रेशम निर्दोष, बालचन्द्र बराल, ईश्वरसिंह, सुमन थापा, इन्द्र गुरुङ, सीता परियार, गगनसिंह गुरुङ र ज्योति लोहनीको प्रस्तुति रहने छ । 


यस्तै गामबेसी पोखरा रोधि क्लबका नियमित कलाकारहरुको समेत प्रस्तुति रहने छ । लोक तथा दोहोरी गीतको माध्यमबाट उपस्थिति दर्शकलाई मनोरञ्जन दिँदै देश विदेशसम्म चिनाउनका लागि साथै पोखरा लगायत यस क्षेत्रका पर्यटकीय क्षेत्रको रुपमा विकास गराउनका लागि सहयोग पु¥याउने क्लबले जनाएको छ । 


 

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्