बकर इदले वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति भण्डारी

काठमाडाैं | असार २६, २०७९

बकर इदले वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति भण्डारी

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएको बताउनुभएको छ । 

 

मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको बकर इदको अवसरमा आइतबार शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको बताउनुभएको हो । 

 

उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले नेपाली समाज विविध जातजाति, भाषभाषी र संस्कृतिहरुको सुन्दर फूलबारी रहेको बताउनुभयो । 

 

‘‘नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधता बीचको एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो ।,’’ उहाँले भन्नुभयो, ‘‘यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायहरू बीच आपसी एकता‚ सद्‍भाव‚ सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीहरूको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्‍वास लिएको छु ।’’

 

त्यस्तै, राष्ट्रपति भण्डारीले बकर इदले सबै नेपालीलाई आ–आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण‚ संवर्द्धन र विकास गर्दै प्रगतिशील‚ सभ्य एवम् सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा मिल्ने विश्वास लिनुभएको छ । 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्