मैत्रीपूर्ण खेलमा खेल पत्रकारको समूह विजयी
निकोलसको ह्याट्रिक
पाेखरा | भदौ १, २०८१

पोखरा: खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल खेलमा खेल पत्रकारको समूह विजयी बनेको छ ।
पोखरा रंगशालामा आज (शनिबार) भएको खेलमा खेल पत्रकारको समूहले खेलकुद विकास मञ्चको टोलीलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।
खेलको सुरुवातमै १–० ले पछि परेको खेल पत्रकारको टोलीले उत्कृष्ट पुनरागमन गर्दै ५–३ गोलको अन्तरले सहज जीत निकाल्यो ।
खेल पत्रकार समूहको जितमा निकोलस गुरुङले ह्याट्रिक गरे । यस्तै शिवजंग क्षेत्री र साजन गुरुङले समान १/१ गोलको योगदान दिए ।
मञ्चका लागि भने विरेन पुलामी मगर र अनुकार मगर र विक्रम थापा (म्याक्सवेल) ले समान १/१ गोल गरे ।
उक्त खेलको सर्वोत्कृष्ट खेलाडी खेलकुद विकास मञ्चका कप्तान व्रिकम थापा घोषित भए । उदीयमान खेलाडी पनि मञ्चकै राजु पुलामी मगरले हात पारे ।
उत्कृष्ट गोलरक्षकको उपाधि खेल पत्रकार टिमका प्रकाश अधिकारीले हात पारे ।
उत्कृष्ट डिफेन्डर प्रवेश पोखरेल र सवाधिक गालकर्ताको ट्रफि खेल पत्रकारकै निकोलस गुरुङले प्राप्त गरे । गतवर्ष भएको खेलमा भने खेलकुद मञ्च विजयी बनेको थियो ।
खेलकुद विकास मञ्च खेलकुद विकासको क्षेत्रमा क्रियाशिल छ ।
काठमाडौं: नेपाली सेनाले विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै मुलुकभर आज बेलुकी ५ बजे सम्म निषेधाज्ञा निरन्तर रहने र तत्पश्चात् भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी हुने जनाएको छ । सेना...
काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...
काठमाडौं: हाल देशभर मनसुनको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थ...