मैत्रीपूर्ण खेलमा खेल पत्रकारको समूह विजयी
निकोलसको ह्याट्रिक
पाेखरा | भदौ १, २०८१
पोखरा: खेलकुद विकास मञ्च पोखराको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल खेलमा खेल पत्रकारको समूह विजयी बनेको छ ।
पोखरा रंगशालामा आज (शनिबार) भएको खेलमा खेल पत्रकारको समूहले खेलकुद विकास मञ्चको टोलीलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।
खेलको सुरुवातमै १–० ले पछि परेको खेल पत्रकारको टोलीले उत्कृष्ट पुनरागमन गर्दै ५–३ गोलको अन्तरले सहज जीत निकाल्यो ।
खेल पत्रकार समूहको जितमा निकोलस गुरुङले ह्याट्रिक गरे । यस्तै शिवजंग क्षेत्री र साजन गुरुङले समान १/१ गोलको योगदान दिए ।
मञ्चका लागि भने विरेन पुलामी मगर र अनुकार मगर र विक्रम थापा (म्याक्सवेल) ले समान १/१ गोल गरे ।
उक्त खेलको सर्वोत्कृष्ट खेलाडी खेलकुद विकास मञ्चका कप्तान व्रिकम थापा घोषित भए । उदीयमान खेलाडी पनि मञ्चकै राजु पुलामी मगरले हात पारे ।
उत्कृष्ट गोलरक्षकको उपाधि खेल पत्रकार टिमका प्रकाश अधिकारीले हात पारे ।
उत्कृष्ट डिफेन्डर प्रवेश पोखरेल र सवाधिक गालकर्ताको ट्रफि खेल पत्रकारकै निकोलस गुरुङले प्राप्त गरे । गतवर्ष भएको खेलमा भने खेलकुद मञ्च विजयी बनेको थियो ।
खेलकुद विकास मञ्च खेलकुद विकासको क्षेत्रमा क्रियाशिल छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

