टुंडिखेलमा सेभेन ए साइड फुटबल जारी, सोमबार १२ खेल हुने
पाेखरा | भदौ २, २०८१
पोखरा: पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगिताको तेस्रो दिन (सोमबार) पनि १२ वटा खेलहरु हुने भएको छ ।
आयोजकका प्रतिनिधि आकाश थपलियाका अनुसार आगामी ६ गतेसम्म पोखरा १ पुरानो टुंडिखेलमा हुने प्रतियोगितामा पहिलो चरणकै खेल जारी रहेको छ ।
सोमबार पहिलो खेल लेकसिटी र अर्चलबोटबीच हुनेछ । यस्तै दोस्रो खेल कोमागाने र बिवाइवाईसीबीच हुनेछ ।
तेस्रो खेलमा पसगाउँ र क्लब डिबीच प्रतिस्पर्धा हुनेछ । चौंथो खेल मिक्की एफसी र सन्तोष मेमोरियल, पाँचौ खेलमा अनिश एफसी र भण्डारढिक, छैटौं खेल युनाइटेड बगर र ट्रिपल ए बीच हुनेछ ।
सातौ खेलमा नदीपुर र एम ३२ मजुवाबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै आठौं खेल रामघाट र सनराइज, नवौं खेलमा क्याफे क्यामेलिया र छोरेपाटन, दशौं खेलमा वल्ड हाउस र केआइइसी, एघारौं खेलमा आम्र्या कन्सट्रक्सन र मिलनटोल र अन्तिम खेलमा कसेरी १ र आर १० रामबजारबीच प्रतिस्पर्धा हुने थापलियाले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगिताको विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने थपलियाले बताए ।
उनका अनुसार पहिलो पुरस्कारको प्रायोजन मर्करी एफसी जापान (प्रिस्योन गुरुङ र मिन गुरुङ) ले गरेको छ भने उपविजेताको पुरस्कार युकेमा कार्यरत विपिन क्षेत्री र प्रनिश गुरुङले प्रायोजन गरेका हुन् ।
यस्तै ट्रफि तथा मेडलको प्रायोजन चाउथे एफसीका अध्यक्ष गोविन्द सिंह ठकुरीले गरेका छन् ।
आज पनि पहिलो चरणकै १२ वटा खेलहरु सम्पन्न भएका छन् । प्रतियोगितामा कुल ६१ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

