‘थ्रि मेन ए साइड’ पुरुष भलिबलमा हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन

सञ्जु बने सर्वाेत्कृष्ट

पाेखरा | भदौ ३, २०८१

‘थ्रि मेन ए साइड’ पुरुष भलिबलमा हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन

पोखरा  महानगरपालिका ६ हल्लनचोक सम्पन्न ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगितामा आयोजक  हल्लनचोक स्पोर्टस् क्लब च्याम्पियन बनेको छ ।

 

हल्लनचोक भलिबल कोर्टमा आज भएको फाइनल खेलमा युके लण्डन टिमलाई २१–१० र २१–१८ को सोझो सेटमा हराउँदै आयोजक टिम ‘ए’ च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेसँगै हल्लनचोक स्पोर्टस् क्लबले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको युके लण्डनले नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । 

 

उक्त प्रतियोगिताबाट आयोजक टिमका सञ्जु विक्रम शाह सर्वाेत्कृष्ट खेलाडीका रुपमा जर्सीसहित पुरस्कृत भए ।

 

यस्तै उत्कृष्ट सर्भरमा सोही टिमकै देवेन्द्र परियार र उत्कृष्ट ब्लकरका रुपमा सञ्जोग परियार  पुरस्कृत भए ।

 

 

 

यस्तै उत्कृष्ट सेटरमा युके लण्डनका विवश आलेमगर र सोही टिमकै रुपमा किसान गुरुङ उत्कृष्ट स्पाइकरका रुपमा पुरस्कृत भए ।

 

विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका  प्रमुख  अतिथिसमेत रहेका वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौला, आयोजक संस्थाका अध्यक्ष सुजन गुरुङ, आर्थिक सहयोगीदाता लगायतले पुरस्कार वितरण गरे । 

 

प्रतियोगिताको प्रथम पुरस्कार हङकङ निवासी सिर थापा सारुमगर र द्वित्तीय पुरस्कार एवान  गाउँशहर दोहोरी साँझले प्रायोजन गरेको थियो । 

 

हल्लनचोक स्पोर्टस् क्लबले गत १ गतेदेखि ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेको प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको थियो ।
 

कार्यक्रमको सञ्चालक क्लबका सचिव अशोक थापामगरले गरेका थिए ।

 


 
 

काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...

थप पढ्नुहोस्

काठमाडौं:  आइसिसी विश्वकप लिग-२ को एकदिवसीय त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले आज तेस्रो खेलमा स्कटल्याण्ड विरुद्ध खेल्दैछ । यो खेल स्कटल्यान्डको क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु...

थप पढ्नुहोस्

काठमाडौं: शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजारले घटेको छ । चाँदीको मोल पनि तोलामा रु ५ ले  घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सु...

थप पढ्नुहोस्