सिटीवानको तीजगीत मेला भदौकाे तेस्रो साता
राउण्ड टेबलमा ‘तीज संस्कृति र आजको आवश्यकता’
पाेखरा | भदौ ४, २०८१
पोखरा: गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता गर्ने भएको छ ।
सांस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्देश्यले “तीजको बेला सिटीवानको सांस्कृतिक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” आयोजना गर्ने भएको हो ।
टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका संस्कृतिहरु लोप हुन लागेको भन्दै मेलाको आयोजना गरिएको जानकारी दिइन् ।
उनका अनुसार तेस्रो संस्करणको मेला यही भाद्र १५ र १६ गते बिहान ९ः०० बजेदेखि गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ ।
करिब ६० समूहको सहभागिता रहने अपेक्षा गरिएको श्रेष्ठले बताइन् ।
सो प्रतियोगीतामा विपद् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्वद्धन, सरसफाई, वैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागूपदार्थ दुव्र्यसनी जस्ता सामाजिक विषयलाई प्राथमिकतामा राखेर प्रतिस्पर्धिले गीत गाउनुपर्ने बताइएको छ ।
सो प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धित्तीय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, सान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभूषा ५ हजार, उत्कृष्ट शब्द ५ हजार रहेको छ ।
प्रतियोगितामा भाग लिनका लागि दर्ता शुल्क नलाग्ने बताइएको छ ।
राउण्ड टेबलमा ‘तीज संस्कृति र आजको आवश्यकता’
मेलाको अवसरमा ‘तीज संस्कृति र आजको आवश्यकता’ शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेबल कार्यक्रम संचालन गर्ने मेलाका संयोजक चिनु गुरुङ्गले जानकारी दिइन् ।
उनका अनुसार मेलामा सहभागी सबैलाई दर संस्कृितको बारेमा जानकारी दिने कार्यक्रमसमेत रहेको छ ।
कार्यक्रम सम्पन्न गर्न करिब १२ लाख खर्च हुने अनुमान गरिएको टेलिभिजनले जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

