पोखरामा लागूऔषधसहित २ जना पक्राउ

पाेखरा | भदौ ४, २०८१

पोखरामा लागूऔषधसहित २ जना  पक्राउ

पोखरा:     पोखरा बस्दै आएका भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन् । पोखरा–१२ भृकृटी टोल बस्दै आएका ४६ बर्षीय शिवकुमार बानियाँलाई लागूऔषधसहित प्रहरीले आइतबार पक्राउ गरेको हो । 


भारतको बनारस स्थायी घर भई पोखरा–१२ बस्दै आएका बानियाँले डेराकोठामा लुकाई राखेको लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए । 


‘पोखरा–१२ भृकुटी टोलमा लागूऔषधको कारोवार भइरहेको गोप्य सूचना पाएका थियौं’, शर्माले भने, ‘सूचनापछि कास्की प्रहरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको टोलीले बानियाँको डेराकोठाबाट लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।’


उनका अनुसार प्रहरीले बानियाँको कोठाबाट बुप्रिनर्फिन ३सय ५३ एम्पुल, डाईजापाम ३ सय ५९ एम्पुल, फेनरागन ३ सय ४५ गरी १ हजार ५७ एम्पुल, नाईट्रोभ्याट–१० लेखेको १ हजार ७० चक्की, नुर्फिन लेखेको स्टिकर १ सय ७४ थान र एक थाना मोबाइलसहित पक्राउ गरेको हो । 


यस्तै कास्की प्रहरीले लागूऔषधसहित थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा–८ सिमलचौरबाट लागूऔषधसहित खोटाङका ४० वर्षीय बिरबहादुर तामाङलाई पक्राउ गरेको छ । 


खोटाङको वाकाचुल गाउँपालिका–२ स्थायी घर भएका तामाङलाई प्रहरीले बुप्रिनर्फिन ५ एम्पुल, डाईजापाम ५ एम्पुल र फेनरागन ५ एम्पुल र नाईट्रोभ्याट १० लेखेको २० चक्की लागूऔषधसहित पक्राउ गरेको हो । 


पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्