पोखरा म्याराथनको बचत साढे ३ लाख बढी
पाेखरा | भदौ ५, २०८१
पोखरा: १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट साढे तीन लाख बढि रकम बचत भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा गत फागुनमा म्याराथनको आयोजना भएको थियो ।
बुधबार म्याराथनको आयव्यय आयोजना गर्दै मञ्चले म्याराथन प्रविधिमा जाँदा कम बचत भएको बताएको छ ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कुल ७५ लाख २४ हजार सात सय १७ रुपैयाँ आम्दानी तथा ७१ लाख ५२ हजार एक सय ३९ रुपैयाँ खर्च भएको बताए । उनका अनुसार तीन लाख ७२ हजार पाँच सय ७८ रुपैयाँ बचत गरेको हो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको नाम दर्ताबाट मात्रै तीन लाख ३० हजार ८१ रुपैयाँ आम्दानी भएको थियो भने विभिन्न सहयोगिदाताबाट ७१ लाख ९४ हजार ६ सय ३६ रुपैयाँ आम्दानी भएको छ । यस्तै १९ औं संस्करणको म्याराथन फागुन ३ गते हुने भएको छ । आगामी फागुनमा हुने म्याराथनमा थप एक विधा समेत थपिने मञ्चले निर्णय गरेको छ । मञ्चले २१ किलोमिटरतर्फ पुरुषको विधा थप गर्ने अध्यक्षले जानकारी दिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

