मुवाँथाई संघ गण्डकीको संयोजकमा मिलन
पाेखरा | भदौ ५, २०८१
पोखरा: गण्डकी प्रदेश मुवाँथाई संघको संयोजकमा मिलन थापा चयन भएका छन् । पोखरामा आज (बुधबार) सम्पन्न भएको गण्डकी प्रदेश मुवाँथाई संघ तदर्थ समितिको भेलाले थापालाई संयोजनमा चयन गरेको हो ।
मुवाँथाई संघको सहसंयोजकमा सुनिल तिमिल्सिना रहेका छन् । यस्तै सदस्यहरुमा धनबहादुर पुन, माउ तमु, रुपक नेपाली, शिव हिताङ, रिना गुरुङ, डेक पुन, आशिष श्रीस, पदमा थापा, सरस्वती गुरुङ, प्रदिप गुरुङ, सुन्दर गिरी र विक्की कुँवर रहेका छन् ।
तदर्थ समितिले प्रथम अधिवेशन गर्ने गरी समिति गठन गरिएको गण्डकी प्रदेश मुवाँथाई संघले जनाएको छ ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

