युवती बेपत्ता तथा हत्या घटनाको सत्यतथ्य छानबिन गर्न माग
म्याग्दी | भदौ ५, २०८१
म्याग्दी: बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मिना परियारलाई बेपत्ता बनाइ हत्या गरेको घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै आज बेनीमा प्रदर्शन गरिएको छ ।
दलित एकता सञ्जाल, परियार सेवा समाज र मिजार समाज म्याग्दीको संयुक्त आयोजनामा भएको ¥याली बेनी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।
गैरदलितसँगको प्रेम सम्बन्धका कारण गर्भवती अवस्थामा बेपत्ता बनाइ हत्या गरिएकी मिनाको कङ्काल भेटिए पनि सबै आरोपीलाई पक्राउ गरी अनुसन्धान छिटो अगाडि बढाउन दबाबका लागि प्रदर्शन गर्नु परेको परियार सेवा समाजका अध्यक्ष प्रेम परियारले बताउनुभयो ।
“छ महिनाकी गर्भवती मिनालाई बेपत्ता बनाउने उनका प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छौँ”, मिनाकी भाउजु कमला बर्देवाले भन्नुभयो, “जङ्गलमा गाडिएको अवस्थामा भेटिएको कङ्काल, गहना र कपडा मिनाकै भएको पहिचान गरेर जाहेरी दिए पनि प्रक्रियाको बहानामा सबै आरोपीलाई पक्राउ नगर्दा दोषी उम्कने खतरा छ ।”
विसं २०८० पुस १६ गतेदेखि मिना बेपत्ता थिइन् । गत साउन २७ गते बेनी नगरपालिका–९ आँखखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा भेटिएको मानव कङ्काल, सुनको सिक्री, कपडा र चप्पल उनकै भएको दाबीसहित आफन्तले गत साउन ३० गते प्रेमी राम खत्रीलगायत पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले भने जाहेरीका आधारमा अनुसन्धानका लागि चार जनालाई पक्राउ गरी हिरासतमा राखिएको र एक जना फरार रहेको बताउनुभयो । मिनाका प्रेमी भनिएका रामलाई यसअघि नै पक्राउ गरी अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको उहाँले जानकारी दिनुभयो ।
विधिविज्ञान प्रयोगशालामा पठाइएको कङ्काल, सामग्री र शव परीक्षण प्रतिवेदनका आधारमा थप अनुसन्धान अघि बढाइने प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।
मानव कङ्कालको परीक्षण गरेर आफन्तलाई बुझाइए आफन्तहरुले भने कङ्काललाई सद्गद नगरी बेनी अस्पतालको शवगृहमा राखेका छन् ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

