चेलीबेटीलाई कास्की प्रशासनको आग्रह: तीजमा तडकभडक नगर्नुहोस्
पाेखरा | भदौ ७, २०८१
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले तीनकोनाममा तडकभडक र राति अबेरसम्म बसेर हो हल्ला नगर्न आग्रह गरेको छ ।
प्रशासनले विज्ञप्ती जारी गर्दै खर्चिला, गरगहना प्रदर्शन र ध्वनी प्रदूषण हुने कार्यक्रम नगर्न आग्रह गरेको हो ।
विज्ञप्तीमा भनिएकोछ, ‘हरितालिका तीजको दिनभर निराहार व्रत बसी सो को दिनअगाडि दरखाने मौलिक परम्पराविपरीत पछिल्लो समय तीजको मुख्य दिन आउनुभन्दा निकै अगाडिदेखि विभिन्न संघसंस्थाको नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा राति अबेरसम्म तडकभडकसहित अत्यन्त खर्चिला कार्यक्रम गर्ने, गरगहना प्रदर्शन र ध्वनी प्रदूषण हुने गरी सांस्कृतिक कार्यक्रम गर्दा तीजको मौलिकतामाथि आँच आउने एवं विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न जाने हुन्छ ।’
कास्कीको आग्रह तथा कानून बर्खिलाप कार्यक्रम गरेको पाइएमा सामाजिक सुरक्षा ऐनअनुसार कारबाही गर्नेसमेत प्रशासनले चेतावनी दिएको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

