कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज सेमिफाइनलमा प्रवेश

पाेखरा | भदौ ७, २०८१

कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज सेमिफाइनलमा प्रवेश

पोखरा:   पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । 

 

आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज एफसी अन्तिम चारमा  प्रवेश गरेका हुन् । 

 

पोखरा १ पुरानो टुंडिखेलमा शनिबार कस्केरी र सनराइज एफसीबीच बिहान ८ बजे पहिलो सेमिफाइनल खेल हुने थपलियाले जानकारी दिए ।

 

उनका अनुसार दोस्रो सेमिफाइनल खेल क्लब डि र एट टु नाइनबीच हुनेछ । फाइनल खेल भने दिउँसो १ बजे सञ्चालन गरिने थपलियाले बताए । 

 

कुल ६१ टिमको सहभागिता रहेको सो प्रतियोगिताको  विजेताले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्