कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज सेमिफाइनलमा प्रवेश
पाेखरा | भदौ ७, २०८१
पोखरा: पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ ।
आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज एफसी अन्तिम चारमा प्रवेश गरेका हुन् ।
पोखरा १ पुरानो टुंडिखेलमा शनिबार कस्केरी र सनराइज एफसीबीच बिहान ८ बजे पहिलो सेमिफाइनल खेल हुने थपलियाले जानकारी दिए ।
उनका अनुसार दोस्रो सेमिफाइनल खेल क्लब डि र एट टु नाइनबीच हुनेछ । फाइनल खेल भने दिउँसो १ बजे सञ्चालन गरिने थपलियाले बताए ।
कुल ६१ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

