थप एक सय २१ जनामा कोरोना संक्रमण

काठमाडाैं | असार २६, २०७९

थप एक सय २१ जनामा कोरोना संक्रमण

 


काठमाण्डौँ:    थप एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा तीन हजार ४५ नमुना परीक्षण गर्दा नयाँ संक्रमित थपिएका हुन्।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार सात सयजनाको पिसिआर परीक्षण गर्दा एक सय चारजना संक्रमित भेटिएका छन् भने एक हजार तीन सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको छ।


आइतबारसम्मको तथ्यांकअनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या चार सय ७१ पुगेको छ। सोही अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३१ छ। 

 

संक्रमितमध्ये  ६ सय ६२ जना होम आइसोलेसनमै छन् भने अन्य १६ जना संस्थागत आइसोलेसन छन्। कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका सातजनाको आइसियू र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ११ लाख २० हजार नौ सय ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पोखरा:   जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।      संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...

थप पढ्नुहोस्

काठमाडौं:  नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ ।  सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...

थप पढ्नुहोस्