पाल्पाको घोरबन्दामा तीज विशेष फुटबल सुरु, उद्घाटन खेलमा सराई विजयी

पाल्पा | भदौ ८, २०८१

पाल्पाको घोरबन्दामा तीज विशेष फुटबल सुरु, उद्घाटन खेलमा सराई विजयी

पाल्पा:    पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा आज (शनिबार) देखि नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

 

हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठीचौर खेलमैदानमा आजदेखि फुटबल प्रतियोगिता सुरु भएको हो ।

 

प्रतियोगिताको उद्घाटन खेलमा सराई एफसीले भगवती एफसी तानसेनलाई २–१ गोल अन्तरले पराजित गर्दै सराई दोस्रो चरणमा प्रवेश गरेको क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए ।

 

उनका अनुसार सराईको जीतमा म्यान अफ द म्याच घोषित भएका सुमित मल्ले २ गोल गरे । यता हार व्यहोरेको भगवती एफसीका लागि प्रेम रानाले १ गोल फर्काए ।

 

 

भोलि (आइतरबा) दिउँसो ३ बजे खल्लुकधारा एफसी र दमकडा एफसीबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए । उनका अनुसार फाइनल खेल भने २१ गते हुनेछ । 

 

यसअघि बगनासकाली गाउँपालिकाका उपप्रमुख हरि पाठकले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले खेलकुदले गाउँपालिकाकै विकासमा टेवा पुर्याउन मद्दत गर्ने धारणा राखे ।

 

उपप्रमुख पाठकले गाउँपालिकाभित्रका क्लबहरुमध्ये नव जागृति युवा क्लब तुलनात्मक रुपमा अन्य क्लबभन्दा सक्रिय रहेको बताउदै आगामी दिनमासेत खेलकुदका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

 

उनले उक्त प्रतियोगिताबाट स्थानीय स्तरका खेलाडीलाई राम्रो अवसर भएको बताउदै खेलाडीहरुलाई मौकाको सदुपयोग गर्नसमेत सुझाव दिएका थिए ।

 

सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ ।

 

 

यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । भने, प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको छ । नव जागृति युवा क्लब वि.स २०३८ सालदेखि निरन्तर रुपमा सामाजिक तथा खेलकुदको क्षेत्रमा सक्रिय रहदै आएको छ ।

 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्