एमालेको सचिवालय बैठक बिहीबार
काठमाडाैं | भदौ ९, २०८१
तस्बिर फाइल
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ ।
यसैगरी, सचिवालय बैठकका ‘एजेन्डा’ तय गर्न आज केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो ।
महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्यायोजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ । बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरु, सचिवहरु र कार्यालय सचिव सहभागी रहेका सो पार्टीले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

