टिवानको अध्यक्षमा न्यौपाने
काठमाडाैं | भदौ १४, २०८१
काठमाडौं: पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)को अध्यक्ष पदमा भीष्मप्रसाद न्यौपाने निर्वाचित हुनुभएको छ ।
टिवानको बिहीबार सम्पन्न १३औँ वार्षिक साधारणसभा एवं सातौँ अधिवेशनबाट न्यौपानेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित अध्यक्ष न्यौपाने चितवन सफारीका प्रबन्ध निर्देशक हुनुहुन्छ । यस्तै, टिवानको प्रथम उपाध्यक्षमा दीपक भट्टराई, द्वितीय उपाध्यक्षमा अशोक अर्याल र महासचिवमा प्रकाशचन्द्र अधिकारी निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक श्रीकान्त आचार्यले जानकारी दिनुभयो । कोषाध्यक्षमा चिरञ्जीवी गिरी, सदस्यहरूमा रमेश पौडेल, सुजन दाहाल र छविलाल घिमिरे हुनुभएको निर्वाचन संयोजक आचार्यले बताउनुभयो ।
पर्यटक बसमार्फत मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको टिवानले हाल मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुरलगायत स्थानमा सेवा प्रदान गर्दै आएको छ ।
नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्क निर्माणका लागि पहल गर्ने बताउनुभयो । यस्तै पर्यटक बस सञ्चालनका क्रममा देखिएका समस्या समाधानमा आफू लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
मुस्ताङ: हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् । नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा ...
काठमाडौं: त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। त्रिविबाट यस नर्ष स्ना...
काठमाडौं: कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले निमेशको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले कुशल र प्रतिभ...

