अर्चलेमा बन्यो, लेखनाथ पौड्यालको सालिक

पाेखरा | भदौ १४, २०८१

अर्चलेमा बन्यो, लेखनाथ पौड्यालको सालिक

लेखनाथ:   पोखरा महानगरपालिका  २७ अर्चलेमा स्व कविशिरोमणि लेखनाथ पौड्यालको पूर्ण कदको सालिक अनावरण गरिएको छ । 

 

पोखरा महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेना र लेखनाथ जन्मस्थल विकास समितिको व्यवस्थापनमा सालिकसहितको स्मृति पार्क निर्माण गरिएको हो ।

 

सो पार्कको पोखरा महानगरका प्रमुख धनराज आचार्य र पश्चिम पृतना विजयपुरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले आज सयूंक्त रूपमा अनावरण गरे ।

 

कवि पौड्यालको जन्मस्थान अर्चलेमा उनको सम्झनामा सालकसहितको स्मृति पार्क निर्माण गरिएको हो । 

 

 

सो अवसरमा बोल्दै नगरप्रमुख आचार्यले पौड्यालको सम्झनासँगै सम्मान मिल्ने धारणा राखे । उनले पोखरा पर्यटकीय राजधानी मात्रै नभई साहित्यको उर्भर भूमीको रुपमा समेत परिचित रहेको बताएका थिए ।

 

सो कार्यक्रमको अवसरमा पार्क निर्माण गर्न सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । सो स्मृति पार्कबाट उत्तरमा लहरै माछापुच्छ्रे, धवलागिरी तथा अन्नपूर्ण लगायतका हिमश्रृङखलाहरु देख्न सकिन्छ  ।

 

 

यि हुन् कवि पौड्यालका कृतिहरु:-

 

-ऋतु विचार (खण्डकाव्य) - १९७३

-वुद्धिविनोद (कविताकृति) - १९७३

-सत्यकलि संवाद (कविताकृति) - १९७६

-सत्यस्मृति - २००९

-मेरो राम - २०११

-त्याग र उदयको सन्देश - २००१

-गीताञ्जली (कविताकृति) - १९८६

-तरुण तपसी (नव्यकाव्य) - २०१०

-लक्ष्मीपूजा (नाटक) - १९९४

-गौरी-गौरव (नाटक)

-लालित्य (कविता सङ्ग्रह भाग १, २)

-भाग २-२०२५ -गीतासागर - श्रीमद्भगवत गीताको भावसार

-भर्तृहरि निर्वेद (राममणि आ.दी.का साथमा) वि.सं.१९७४

-पञ्चतन्त्र (नेपाली अनुवाद)

म्याग्दी:  मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् ।  मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् ।  बिहीबार भएका ...

थप पढ्नुहोस्

पोखरा:  पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो  । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादा...

थप पढ्नुहोस्