पोखरा पर्यटन परिषदमा नयाँ नेतृत्व, तारानाथलाई अध्यक्षको जिम्मेवारी
पाेखरा | भदौ १४, २०८१
पोखरा पर्यटन परिषद्को अध्यक्षमा तारानाथ पहारी निर्विरोध चयन भएका छन् ।
परिषदको २४ औं साधारण सभा तथा १३ औं अधिवेशनबाट पहारीले नयाँ नेतृत्वको जिम्मेवारी पाएका हुन् ।
पहारी नेतृत्व समितिको प्रथम उपाध्यक्षमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका पूर्वअध्यक्ष हरि भुजेल, द्वितीय उपाध्यक्षमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराका पूर्वअध्यक्ष चौबहादुर गुरुङ निर्वाचित भए ।
यस्तै महासचिवमा नेपाल पर्वतारोहण संघ गण्डकीका पूर्वअध्यक्ष जीवन सापकोटा चुनिए।
सचिवमा ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखराका पूर्वअध्यक्ष नारायण सुवेदी, कोषाध्यक्षमा नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का पूर्वअध्यक्ष निमबहादुर मगर र सहकोषाध्यक्षमा नेपाल टुरिजम पर्यटक भेहिकल एसोसिएसन (एनटीभीए) गण्डकीका पूर्वअध्यक्ष बाबुराम पाण्डे निर्वाचित भए।
सदस्यहरुको हकमा भने पहिलो बैठकबाट चयन गर्ने बताइएको छ । परिषद्मा आबद्ध संस्थाका १४ प्रतिनिधिहरुलाई सदस्यमा चयन गरिनेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

