पोखरा पर्यटन परिषदमा नयाँ नेतृत्व, तारानाथलाई अध्यक्षको जिम्मेवारी
पाेखरा | भदौ १४, २०८१
पोखरा पर्यटन परिषद्को अध्यक्षमा तारानाथ पहारी निर्विरोध चयन भएका छन् ।
परिषदको २४ औं साधारण सभा तथा १३ औं अधिवेशनबाट पहारीले नयाँ नेतृत्वको जिम्मेवारी पाएका हुन् ।
पहारी नेतृत्व समितिको प्रथम उपाध्यक्षमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका पूर्वअध्यक्ष हरि भुजेल, द्वितीय उपाध्यक्षमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराका पूर्वअध्यक्ष चौबहादुर गुरुङ निर्वाचित भए ।
यस्तै महासचिवमा नेपाल पर्वतारोहण संघ गण्डकीका पूर्वअध्यक्ष जीवन सापकोटा चुनिए।
सचिवमा ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखराका पूर्वअध्यक्ष नारायण सुवेदी, कोषाध्यक्षमा नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का पूर्वअध्यक्ष निमबहादुर मगर र सहकोषाध्यक्षमा नेपाल टुरिजम पर्यटक भेहिकल एसोसिएसन (एनटीभीए) गण्डकीका पूर्वअध्यक्ष बाबुराम पाण्डे निर्वाचित भए।
सदस्यहरुको हकमा भने पहिलो बैठकबाट चयन गर्ने बताइएको छ । परिषद्मा आबद्ध संस्थाका १४ प्रतिनिधिहरुलाई सदस्यमा चयन गरिनेछ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

