कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजको पुर्नमिलन कार्यक्रम

पाेखरा | भदौ १६, २०८१

कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजको पुर्नमिलन कार्यक्रम

पोखरा:     कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाजले हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

 

‘अनेकतामा एकता, स्याङ्जालीको विशेषता’ भन्ने नारासहित २०७६ सालदेखि क्रियाशिल समाजले दर खाने तथा पुर्नमिलन कार्यक्रमको सम्पन्न गरेको हो ।

 

उक्त कार्यक्रम तमु धिं नेपालमा आयोजना गरिएको सहसंयोजक राजन पाण्डेले जानकारी दिए ।

 

उनका अनुसार सो समाजमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका स्थायी घर भई हाल पोखरामा रही विभिन्न पेशा व्यवसाय गर्ने व्यक्तिहरु समाजमा आबद्ध छन् ।

 

कार्यक्रम संयोजक टिका बहादुर झेडीले एकताको सुत्रमा गोलबन्द हुने लक्ष्यसहित सुरु भएको सो समाजले आफ्ना सदस्यहरुलाई समस्या पर्दा सहयोग गर्दै आएको बताए ।

 

‘हामीले यसरी नेपालीहरुको पर्वलाई विशेष कार्यक्रम गरी मनाउँदै आएका छौ, उनले भने, ‘यसले हामीलाई एकताको सुत्रमा बाँध्न सघाउ पुर्याएको छ ।’

 

नारीहरुको विशेष पर्व तीजलाई विशेष बनाउनका लागि समाजमा आवद्ध चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरिएको झेडीले बताए । 

 

समाजका अध्यक्ष जीवलाल न्यौपानकोको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा करिब १ सय ५० जनाको सहभागिता रहेको थियो ।

 

कालीगण्डकी स्याङ्जा–पोखरा सम्पर्क समाज सामाजिक क्षेत्रमासमेत क्रियाशिल रहेको छ ।

 


 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेडलाई रोक्दै जावलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।    पोखरा रंगशालामा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेडलाई  ...

थप पढ्नुहोस्

काठमाडौँ:   प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले औपचारिक रूपमा प्रचारप्रसारको कार्य सोमबारदेखि सुरु गर्दै छन् ।   निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भई उम्मेदवारको अन्ति...

थप पढ्नुहोस्

 पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी क्लब र थन्डरबोल्ट भारत भिड्दैछन् ।   विभागीय एपिएफ क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको मनाङ मस्र्याङ्दीले पाहुना क्लब थन्...

थप पढ्नुहोस्