फोटो पत्रकार अक्षयकोषमा निर्माता एवं अभिनेत्री माया गुरुङको सहयोग
पाेखरा | फागुन २, २०८२
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् ।
गुरुङ चलचित्र हुदैं नेपाली चलचित्रमा पाइला चालेकी गुरुङले नगद ११ हजार १११ रुपैयाँ सहयोग गरेकी हुन् ।
सहारा क्लब पोखराले सञ्चालन गरेको आरारारा पोखरा गोल्डकपमा सहभागी हुन गएको समयमा शुक्रबार अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
सहारा क्लब हङकङकी सल्लाहकारसमेत रहेकी उनी गुरुङ फिल्म एसोसियशन हङकङकी अध्यक्ष हुन् । उनको निर्माणमा बनेको चलचित्र पेन्सनपट्टा छिट्टै प्रदर्शनको तयारीमा छ ।
हङकङ बस्दै आएकी अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङ आहारारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । उनको छोरा हिमाल गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङबाट खेल्छन् ।
सहयोग ग्रहण पछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।
कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।
यस कोषमा यसभन्दा अघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, नागरिक अभियान्ता रामबहादुर पौडेलले १० हजार, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

