सामाजिक विकृतिविरुद्ध तीज गीत प्रतियोगिता

लागुऔषध सुधार आमा समुह प्रथम

पाेखरा | भदौ १६, २०८१

सामाजिक विकृतिविरुद्ध तीज गीत प्रतियोगिता

पोखरा:   सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले सामाजिक विकृति विरुद्ध तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।

 

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा समाजमा रहेका विकृति विसंगति न्युनिकरण गर्न खुल्ला तीज गीत प्रतियोगिताको आयोजना गरेको हो ।

 

प्रतियोगितामा लागुऔषध सुधार आमा समुहले प्रथम स्थान हासिल गरेको छ । विषय वस्तुमा आधारित हुँदै प्रस्तुति दिएको समुहले ४ सय अंकमा २८० अंक प्राप्त गर्दै प्रथम भयो । सो समुहले नगद २५ हजार रुपैयाँ हात पारे । 

 

यस्तै २७८ अंकका साथ सक्षम अभियान नेपाल दोस्रो हुँदै १५ हजार रुपैयाँ प्राप्त ग¥यो । एकलधारा सिर्जनशिल समुह तेस्रो हुँदै १० हजार तथा धरहरा आमा समुहले सान्त्वना स्थान हासिल गर्दै पाँच हजार रुपैयाँ प्राप्त ग¥यो । 

 

भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी संघका प्रमुख डीआइजी दुर्गा सिंह, प्रदेश प्रहरी पोखराका प्रमुख एसएसपी धु्रवराज राउत, पोखरा महानगरपालिका वडा नम्बर ९ की वडा सदस्य लक्ष्मी पहारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम महासचिव घनश्याम तिमिल्सिनाले सञ्चालन गरेका थिए । 

 

यस्तै प्रतियोगितामा विभिन्न विधामा समेत पुरस्कृत गरिएको थियो । महासचिव तिमिल्सिनाका अनुसार उत्कृष्ट नृत्य अन्नपुर्ण आमा समुह, उत्कृष्ट भेषभुषा शिवशक्ति आमा समुह, उत्कृष्ट शब्द दिदीबहिनी समुह तथा उत्कृष्ट स्वर दृष्टिविहिन दिदीबहिनी समुह र नवदुर्गा आमा समुह घोषित हुँदै नगद पुरस्कार प्राप्त गरे ।

 

प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको थियो । सोही क्रममा लोकदोहोरी गायक प्रजापति पराजुलीलाई सम्मान समेत गरिएको थियो । 

पोखरा:  होटल एक्जुकेटिभ क्लब पोखराले पोखराका होटल व्यवसायी विश्वराज पौडेललाई सम्मान गरेको छ । क्लबको १२ औं वार्षिक साधारण सभामा पौडेललाई सम्मान गरेको हो । लामो समय देखी पोखरामा रेष्टुरेष्ट र होटल व्यवसाय...

थप पढ्नुहोस्

पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत  पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

थप पढ्नुहोस्