मिस मगर नेपालको ट्यालेण्ट राउण्ड सकियो, ग्राण्ड फिनाले २२ गते
पाेखरा | भदौ १६, २०८१
पोखरा: सातौं संस्करणको निट डेन्टल केयर प्रिजेन्ट्स मिस मगर नेपाल–२०२४ का अन्तिम ११ प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् ।
शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही पियानो बजाउने, अभिनय र विषयगत प्रस्तुती राखे ।
विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आएका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका टिम संयोजक प्रियंका गर्बुजा मगरले जानकारी दिइन् । उनका अनुसार सेल्फ ट्यालेण्ट राउण्डको निर्णायकमा राहुल थापा मगर, जसु गरुङ र थमनसिंह थापा मगर रहनुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंह चन्दले अहिलेका युवा पुस्तालाई विदेश पलायन हुने सपना नदेख्न सुझाव दिनुभयो ।

आफ्नै देशमा बसेर केही गर्ने सोंच बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले पैसालाई मात्रै सबैथोक ठान्न नहुने धारणा व्यक्त गर्नुभयो ।
आफ्नो मातृभाषा, संस्कार, संस्कृतिबारे युवा पुस्तालाई सचेत बनाउने उद्देश्यले मिस मगरको आयोजना गरेकोमा खुशी लागेको जनाउँदै प्रहरी नायब महानिरीक्षक चन्दले मगर समुदायलाई नीति निर्माण तहमा पु¥याउन स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने र महिलाहरु उद्यमशिलता तिर अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले उक्त कार्यक्रमले महिला सशक्तिकरणलाई टेवा पुग्नेसमेत बताउनुभएको थियो ।
यस्तै नेपाल मगर संघका केन्द्रीय सल्लाहकार एवं युवा नेता बालकृण्ण काउछाले मगर समुदायको पहिचानलाई स्थापित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउँदै युवा पुस्तामा आफ्नो पहिचानप्रति चासो जगाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेपाल मगर संघ, कास्कीका अध्यक्ष राम बहादुर थापाले मिस मगर नेपालको माध्यम बाट मगर जातीको भाषा, भेषभुषा, संस्कार र संस्कृतिलाई चिनाउन महत्वपुर्ण भुमिका खेलेको र प्रतियोगीहरूलाई देशको नेतृत्व गर्ने जनशक्ति
बन्ने गरी अघि बढ्न शुभकामना दिदै मगर समुदायको हितमा हुने कार्यका लागि नेपाल मगर संघ सधैं साथमा रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा मिस मगर नेपालका कार्यक्रम संयोजक रुद्र श्रीसले कार्यक्रमका बारेमा प्रकाश पार्दै स्वागत मन्तब्य गर्नुभएको थियो ।
एम बी आश्थाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिस मगर नेपाल २०२२ की थर्ड रनरअप तथा टिम संयोजक प्रियंका गर्बुजाले गर्नुभएको थियो ।
“मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ एसटी क्रियशनद्वारा आयोजित सातौं संस्करणको मिस मगर नेपालको ग्राण्ड फिनाले भने यही भाद्र २२ गते होटल पोखरा ग्राण्डीमै भब्य साँस्कृतिक कार्यक्रम सहित हुने कार्यक्रम निर्देशक सुरज थापाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई निट डेन्टल केयर प्रा.लि. आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा.लि, युमे जापानिज ल्याङवयेज, सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट आदीको सहयोग रहेको छ ।
अन्तिम प्रतिस्पर्धाको उत्कृष्ट ११ प्रतियोगिहरुले करिब एक महिना सम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । सुस्मिता पुन, बिनु राना, दिवा पाईजा, कबिता थापा, दिक्षा थापा र उमा पुनको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आले (रामेछाप) आशिका गर्बुजा (बेगखोला, म्याग्दी), अनुजा पुन (तंग्राम, बाग्लुङ) नरिशा पुन (मुदी, म्याग्दी), सरिता थापा (मन्थली, रामेछाप), माया दर्लामी (वालिङ, स्याङ्जा), रश्मि आले (गौशाला, महोत्तरी), जानकी राजकोटी (बर्दीबास, महोत्तरी), अश्मिता बुढा (जेल्बाङ, रोल्पा), कृष्टीना पुन (दग्नाम, म्याग्दी) र जेरुशा सारु (काठमाण्डौं) रहेका छन् ।

कार्यक्रमको मिडिया पार्टनरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको छ ।

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

