भूजीखोला बाढीको ४ वर्ष:  पीडित अझै मारमा

बाग्लुङ | भदौ १७, २०८१

भूजीखोला बाढीको ४ वर्ष:  पीडित अझै मारमा

बागलुङ (ढोरपाटन):    यहाँको भूजीखोलामा विसं २०७७ भदौ १७ गतेको बाढीले धेरैलाई घरबारविहीन बनाएको थियो । उक्त बाढीले २२ जनाको ज्यान लिएको थियो । बाढीमा परेका १५ जना अझै फेला परेका छैनन् । पहिरो पीडित परिवार ठूलो वर्षा हुँदा अहिले पनि आनन्दले निदाउन सक्दैनन् । 


ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ मा पर्ने भूजीखोलाको बाढी पीडितले अझै उचित राहत पाउन नसकेको गुनासो गर्दै आएका छन् । बाढीले भूजीखोला किनारका एक सय ३१ घर बगाएको थियो । 


११ लघु जलविद्युत आयोजना, एउटा स्वास्थ्य इकाई, ११ झोलुङ्गे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालय र २० किलोमिटर सडक बगाएको थियो । बाढीले क्षति पु(याएको ११ लघु जलविद्युत आयोजना सबै सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो । 


बाढीले ढोरपाटन नगरपालिका–९ सुप्राङ स्थित जनचेतना आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय बगाएको थियो । सालझण्डी–ढोरपाटन सडक खण्डको २० किलोमिटर सडक बगाएको थियो । 


सङ्घीय सरकारले १८ जना बाढी पीडितलाई घर बनाउन सबै किस्ता रकम उपलब्ध गराए पनि अझै धेरैले एक किस्ता मात्रै प्राप्त गरेको उपप्रमुख कायतले बताउनुभयो ।


ढोरपाटन नगरपालिका–९ का बाढी पीडित कुलबहादुर विक ठूलो पानी पर्दा रातभर जाग्राम बस्नुहुन्छ । विकले ऋण गरेर घर बनाएपनि ऋण तिर्न नसक्दा अप्ठ्यारो स्थितीमा पुगेको बताउनुभयो । 


बाढीले आफन्तसहित सबै सम्पत्ति बगाउँदा बिहान बेलुकाको हात मुख जोड्नसमेत मुस्किल भएको उहाँको गुनासो छ । बाढीले उहाँको घर जग्गासहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको थियो । बाढीले भए भएभरको सम्पत्ति बगाइए दिएपछि लामो समय आफन्तकहाँ बस्नुभएका उहाँ भर्खरै घर बनाएर सर्नुभएको छ । 


उहाँले भन्नुभयो, “बर्खाको समय ढोरपाटन बस्छौँ, हिउँद लाग्यो भने तल भूजीखोला झर्ने हो, ठूलो पानी पर्दा निन्द्रा लाग्दैन, पहिलाको जस्तै बगाउँछ कि भन्ने डर लाग्छ, बाढी पीडितलाई सरकारले साथ दिएन ।”


अर्का बाढी पीडित निम प्रकाश विकले आफन्तसहित भएभरको सम्पत्ति बगाएपछि काकालाई एउटा घडेरी मागेर घर बनाएको सुनाउनुभयो । घर बनाएको ऋण तिर्न नसक्दा समस्यामा परेको उहाँको गुनासो छ । 


बाढीले उहाँको २५ वर्षीया श्रीमति, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरोसहित परिवारका सबै सदस्य बगाएको थियो । सरकारले चार लाख रुपैयाँ दिन्छ भनेर घर बनाए पनि अहिले उक्त रकम नपाएको उहाँले सुनाउनुभयो । 


“अहिले म ठूलो ‘टेन्सन’मा छु, बाढीले परिवारनै बगायो, सम्पत्ति बगायो, त्यसमाथि सरकारले पैसा दिन्छु घर बनाउ भनेर भन्यो, ऋण खोजेर घर बनाएँ, न सरकारले पैसा दियो, न कतैबाट सहयोग आयो,” उहाँले भन्नुभयो, “अहिले ऋणमा  डुबियो, के गरेर तिर्ने रु” 

काठमाडौं: नेपाली कांग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिले तोकिएको समयभित्र १५ औं नियमित महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन गर्न माग गरेका छन् । विशेष महाधिवेशनका मागकर्ता महाधिवेशन प्रत...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।  उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनी...

थप पढ्नुहोस्

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ । ...

थप पढ्नुहोस्