कांग्रेसको वित्तीय संस्था समन्वय विभाग र पूर्वआप्रवासी समन्वय विभागमा सदस्य मनोनित
काठमाडाैं | भदौ १७, २०८१
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहनुभएको वित्तीय संस्था समन्वय विभागमा आज १० जना सदस्य मनोनित गर्नुभएको छ ।
यसैगरी उहाँले आजै केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहनुभएको पूर्वआप्रवासी समन्वय विभागमा १० सदस्य मनोनित गर्नुभएको छ ।
वित्तीय संस्था समन्वय विभागमा भीमकुमार चौधरी, गणेश यादव, धरम ब्लोन (लामा), विष्णुप्रसाद घोरासैनी, सुरेन्द्रनाथ शर्मा, चीरञ्जीवी नेपाल, धु्रव पुन, डिलमान चन्द, दिनेश जोशी र लक्ष्मी शाह मनोनित हुनुभएको हो ।
यसैगरी पूर्वआप्रवासी समन्वय विभागमा रामेश्वर शाह, यदुनाथ पाण्डे, सुभाष लोहनी, विज्ञान प्रसाईं, रामबहादुर कोङलिवा लिम्बू, नविन पोखरेल, कृष्णप्रसाद लम्साल, पूर्ण कोइराला, उमा कार्की र बालकुमारी सुनार मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

