कांग्रेसको वित्तीय संस्था समन्वय विभाग र पूर्वआप्रवासी समन्वय विभागमा सदस्य मनोनित

काठमाडाैं | भदौ १७, २०८१

कांग्रेसको वित्तीय संस्था समन्वय विभाग र पूर्वआप्रवासी समन्वय विभागमा सदस्य मनोनित

काठमाडौं:    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहनुभएको वित्तीय संस्था समन्वय विभागमा आज १० जना सदस्य मनोनित गर्नुभएको छ ।

    
यसैगरी उहाँले आजै केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहनुभएको पूर्वआप्रवासी समन्वय विभागमा १० सदस्य मनोनित गर्नुभएको छ । 


वित्तीय संस्था समन्वय विभागमा भीमकुमार चौधरी, गणेश यादव, धरम ब्लोन (लामा), विष्णुप्रसाद घोरासैनी, सुरेन्द्रनाथ शर्मा, चीरञ्जीवी नेपाल, धु्रव पुन, डिलमान चन्द, दिनेश जोशी र लक्ष्मी शाह मनोनित हुनुभएको हो । 

    
यसैगरी पूर्वआप्रवासी समन्वय विभागमा रामेश्वर शाह, यदुनाथ पाण्डे, सुभाष लोहनी, विज्ञान प्रसाईं, रामबहादुर कोङलिवा लिम्बू, नविन पोखरेल, कृष्णप्रसाद लम्साल, पूर्ण कोइराला, उमा कार्की र बालकुमारी सुनार मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्