पाल्पा फुटबल: सराई एफसी उपाधि नजिक
पाल्पा | भदौ १७, २०८१

पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा सराई एफसी उपाधि नजिक पुगेको छ ।
हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (सोमबार) भएको खेलमा मणिमुकुन्द क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सराई एफसी फाइनलमा प्रवेश गरेको आयोजक संस्थाका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए ।
उनका अनुसार सराइको जीतमा म्यान अफ द म्याच घोषित भएका सुजन रानाले १ गोल गरे । भने, दिलु थापाले १ गोलको योगदान दिए ।
यता हार ब्यहोरेको मणिमुकुन्दको तर्फबाट रामकृष्ण पौडलले सान्त्वना १ गोल फर्काए ।
अब सराइले भोलि (मंगलबार) हुने आयोजक नव जागृति युवा क्लब र दमकडाबीचको विजेता टोलीलाई फाइनलका लागि स्वागत गर्नेछ ।
प्रतियोगिताको फाइनल यही २१ गते हुनेछ ।
सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।
कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिए पछि उहाँले मंगलबार राजीनामा दिनुभएको हो । केही दिनअघि भूमि ...
पोखरा: गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ ।  ...
दाङ: दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ । बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्र...