हुलाक निर्देशनालयको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

पाेखरा | भदौ १७, २०८१

हुलाक निर्देशनालयको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

पोखरा:    हुलाक निर्देशनालय पोखराको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। निर्देशनालय पोखरा मातहतका १६ जिल्ला हुलाक कार्यालय र इलाका कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीको सहभागीतामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा आफ्नो मातहतका कार्यालयहरूको प्रगति, समिक्षा तथा हुलाक कार्यदिशा विषयक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो। आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रगति समीक्षा र हुलाक विषयक गोष्ठी कार्यक्रम गरेको निर्देशनालयका निर्देशक कीर्तनराज पौडेलले जानकारी दिए।


कार्यक्रममा निर्देशनालय मातहतका १५ जिल्ला र एक निर्देशनालयको प्रगति विवरण प्रस्तुत गरिएको उनले जानकारी दिए।  यस्तै हुलाक सेवाको विषयमा समेत छलफल भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे थिए भने विशिष्ट अथिति हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्य थिए । कार्यक्रममा वार्षिक प्रगति समिक्षाका साथै सामूहिक प्रश्नोत्तर पनि गरिएको हुलाक निर्देशक पौडेलले जानकारी दिए ।


कार्यक्रममा सहभागीले हुलाक सेवालाई प्रभावकारी बनाउन सरकारले चासो नदेखाएको आरोप लगाएका थिए। यस्तै तत्कालीन समयमा हुलाकले सूचना र खबर आदनप्रदानमा पुर्‍याएको योगदानको पनि कार्यक्रममा चर्चा गरिएको थियो।

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्