युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा, महासचिवमा दिनेश सुनार दोहोरिए

पाेखरा | भदौ १९, २०८१

युनाइटेड क्लबको अध्यक्षमा लोक बहादुर थापा, महासचिवमा दिनेश सुनार दोहोरिए

पोखरा:    युनाइटेड क्लब पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लबको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि लोक बहादुर थापालाई अध्यक्ष पदमा  सर्वसम्मत चयन गरेको हो । 


क्लबको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्धितिय उपाध्यक्षमा सुर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन ।


यस्तै कार्यसमिति सदस्यहरुमा विष्णु कुमार गुरुङ, पुुर्ण कुमार श्रेष्ठ, शिव थापा, पदम बहादुर कार्की(बिजय), शान्ति सुवेदी, बुद्ध कार्की, रिम बहादुर क्षेत्री, गणेश खडका र सुरेश थापा निर्वाचित भएका छन । 


युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन संयोजक, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्व अध्यक्ष सुक बहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा सपथ ग्रहण गराएका थिए ।


यसैविच अधिवेशनको उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठले युनाइटेड क्लवले सामाजिक कामको माध्यामबाट आफुलाई अब्बल बनाउन सक्षम भएको बताउदै युवाहरुले चाहेको खण्डमा कुनैपनि काम सफल हुने बताए । 


युनाइटेड क्लबमा आवद्ध युवाहरुले एकीकृत भइ सामाजिक काम गरेकै कारण क्लब १५ औं साधारण सभा सम्म आइपुुगेको समेत बताए । 


पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लब र समाजसेवा एक अर्काबीच पर्यायबाची शब्द रहेको वताउदै युनाइटेड क्लव पोखरामा स्थापना भएतापनि नेपाल भर सामाजिक काम मार्फत आफुलाई अब्बल बनाउन सफल भएको बताए । विगतमा पनि युनाइटेड क्लब संग सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि सहकार्य गरेरै आफुहरु अगाडी वढ्ने उनको भनाइ रहेको थियो ।


क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले लिएको मुख्य एजेण्डा खुल्ला चिडियाखानाले चिडियाखानाको रुपमा नभइ उद्धार केन्द्रको रुपमा बिकास भइरहेको बताउदै त्यस तर्फ सम्बन्धित निकाय प्रति ध्यानाकर्षण गराए । 


क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा उल्लेख्नीय काम गर्दै आइरहेको भएतापनि क्लबले शिक्षाको क्षेत्रमा देशकै नमुनाको रुपमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी प्राविधिक विद्यालयको थालनी गर्ने र उक्त योजनाको लागि क्लबले ८ रोपनी जग्गा खरिद गरी योजनालाई अगाडी विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्पन्न गरी योजनालाई मूर्त रुप दिनेतर्फ लाग्ने बताए । 


युनाइटेड क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले युनाइटेड क्लबमा आवद्ध सम्पुर्ण एकजुट भएर अगाडी वढेकै कारण आज सम्म सफलता पाइरहेको वताउदै आगामी दिनमा पनि सम्पूर्ण एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।


सो अवसरमा युनाइटेड क्लबको सुरुवातका दिनहरुमा महत्वपूर्ण भुमिका रही क्लबको उन्नतीलाई सधै आत्मासाथ गर्दै हाल सम्म साथ सहयोग गर्दै आएका क्लबका पूर्व सल्लाहकार विश्व प्रकाश लामिछाने र आजीवन सदस्य शंकर मानन्धरलाई सम्मान गरिएको थियो । 


सो अवसरमा क्लबका अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सुुर्य बहादुर बानियाँले कोषाध्यक्षको प्रतिवेदन र महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

गुल्मी:  जिल्लामा पहिलो पटक मकैको पिठो ब्राण्डिङ गर्न सुरु गरिएको छ । मुसिकोट नगरपालिकामा साना किसान कृषि सहकारी संस्थाले मकैको पिठो ब्राण्डिङ गर्न लागेको हो ।  मुसिकोट–४ स्थित फेदीमा खा...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण सकिएको छ ।  ललितपुरको गोदावरीमा जारी महाधिवेशन केन्द्रमा आइतबार तेस्र...

थप पढ्नुहोस्

ढोरपाटन:   एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आउनुभएको हो । उहाँहरु दुव...

थप पढ्नुहोस्