उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनसान
बाग्लुङ | भदौ २०, २०८१

बागलुङ (बलेवा): भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मङ्गलबार चालक र सहचालकलाई टीका लगाए बसपार्कको शुभारम्भ गर्नुभएको थियो ।
बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो । व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताउनुभयो ।
“बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ र खै ?”, उहाँले आश्चार्य व्यक्त गर्दै भन्नुभयो, “नगरले सुरक्षा दिनुप¥यो नी, अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन् ।”
बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ । “व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुङ्गो लाग्छ”, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भन्नुभयो, “एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन ।” उहाँले बसपार्कलाई दिगो बनाउनका लागि यातायात व्यवसायीसँग लिखित रुपमा सम्झौता गरेर अघि बढ्ने योजना सुनाउनुभयो ।
निर्माण प्रक्रिया सुरुआत गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट रु आठ करोड ७० लाख ऋण लिइएको थियो । बसपार्कमा ८० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ ।
पोखरा: सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...
पोखरा: पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...
पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...