क्रसर उद्योग स्थापना गरेर नदी दोहन
म्याग्दी | असार २८, २०७९
तस्विर : फाइल
म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्याउली बजारमा दर्ताबिनै क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको सो उद्योग कुनै पनि निकायमा दर्ता भएको छैन् ।
रघुगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताउनुभयो । “बेनी–जोमसोम सडक र कालीगण्डकी नदीको बगर नजिकै दर्ताबिनै, मापदण्ड र प्रक्रिया पूरा नगरी क्रसर सञ्चालन गरेको पाइयो”, उहाँले भन्नुभयो “हामी अनुगमनमा जाँदा भागाभाग भयो । कसले कसरी सञ्चालन गरेको हो भन्ने विषयमा जानकारी छैन् ।”
सो क्रसरको विषयमा अनुगमन र छानबिन गर्न गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । स्थानीयवासीका अनुसार सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधि र सरोकारवाला स्थानीय तह निर्वाचनमा केन्द्रित भएको मौका छोपेर गत वैशाख महिनामा क्रसर उद्योग स्थापना भएको थियो । केही वर्षयता सरकारले नयाँ क्रसर उद्योग स्थापना र सञ्चालको अनुमति दिएको छैन् । सर्वोच्च अदालतले गत वर्षदेखि कालीगण्डकी नदीको बगरबाट उत्खननमा रोक लगाएको छ ।
विकास आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन र प्रशोधन गर्न अस्थायी क्रसर स्थापना गर्न पाउने व्यवस्था भए पनि सो ठाउँमा कसैले पनि अनुमति लिएको नपाइएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।
कालीगण्डकी नदी किनारका निजी जग्गामा क्रसर उद्योगका संरचना बनाउन थालेपछि स्थानीयवासीले विरोध जनाउँदै वडा, गाउँपालिका, जिल्ला समन्वय समिति र प्रशासनमा जानकारी गराएका थिए । प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिले अनुगमन र निगरानी गरेपछि त्यसबेला क्रसर स्थापना हुन सकेको थिएन् ।
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...
काठमाडौं: राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...
काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

