बागलुङ: बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बाग्लुङ | भदौ २१, २०८१

बागलुङ: बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

बागलुङ (ढोरपाटन):   बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका –४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ । सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन पुगेको छ । 

    
घटनास्थलभन्दा पाँच सय मिटर तल सापकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । 


बिहीबार राती १२ बजे आएको बाढीले सोही वडाको कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको थियो । 

    
मोटरसाइकल र स्कुटर बगाउँदा मुत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव रातिनै घटनास्थलदेखि दुई सय मिटर तलबाट उद्दार गरी धौलागिरि अस्पतालमा लगिएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो ।


 

यो पनि पढ्नुहोस

 

    
आज बिहान फेला परेका सापकोटाको शव पनि पोस्टमार्टमका लागि धौलागिरि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्