लामाचौर कप भलिबल: पुरुषतर्फ गण्डकीलाई हराउँदै गलकोट तेस्रो

पाेखरा | भदौ २१, २०८१

लामाचौर कप भलिबल: पुरुषतर्फ गण्डकीलाई हराउँदै गलकोट तेस्रो

पोखरा:    गण्डकी प्रदेश भलिबल संघलाई ट्राभल इन्क्वाइरी गलकोटले सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । 


पोखराको लामाचौरमा जारी भलिबल प्रतियोगितामा तेस्रो स्थानको लागि भएको पुरुष तर्फको खेलमा  ट्राभल इन्क्वाइरी गलकोटले गण्डकी प्रदेश भलिबल संघलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।


शुक्रबार भएको खेलमा गण्डकी प्रदेश भलिबल संघलाई २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ट्राभल इन्क्वाइरी गलकोटले तेस्रो स्थान हासिल गरेको हो । 


तेस्रो भएको ट्राभल इन्क्वाइरी गलकोटले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 


यस्तै महिलातर्फ गण्डकी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा हराउँदै एभरेष्टले तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेट एभरेष्टले २५–१५ को जित निकाल्यो । दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–१७ को जित निकालेको हो ।


तेस्रो बनेको एभरेष्टले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।


महिलातर्फ उपाधि भिडन्तमा टिपटप न्यु डायमण्ड युथ स्पोर्टस् क्बल र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्नेछन् । यस्तै पुरुषतर्फ उपाधिका लागि विभागीय दुई क्लब नेपाल पुलिस  र एपिएफ भिड्नेछन् । 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्