पोखरा १३ वडा कार्यालयको घुम्ती सेवा
पाेखरा | भदौ २१, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा नं. १३ ले घुम्ती सेवा प्रवाह गरेको छ ।
अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिइएको वडाध्यक्ष किरण बरालले जानकारी गराए ।
घरमै वडाको सेवा पाउँदा नागरिक पनि खुशी छन् । सामाजिक सुरक्षा भत्ताकै लागि वडा धाउनुपर्ने समस्याबाट उनीहरुलाई मुक्ति मिलेको छ । वडा सचिव, वडा सदस्य लगायतका कर्मचारीहरु स्थानीयकै घरमा गएर सेवा दिएका छन् ।
पोखरा १३ को गतिविधिले त्यस ठाउँको स्थानीयलाई सरकार घरमा नै आएको आभाष भएको छ ।
संघीयताको मर्मअनुसार सेवा प्रवाह गर्न पाउँदा वडाध्यक्ष बराल पनि खुशी छन् । नागरिकलाई सरल र सहज सेवामा उनको दैनिकी बित्न थालेको छ ।
भौतिक विकास सँगै शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा समेत काम गर्दै आएको वडाले नागरिकमैत्री वातावरण बनाउँदै समस्याको समाधान गर्ने काम गर्दै आएको छ ।
“हामी नागरिकको सेवामा तल्लिन छौं । नागरिकलाई कसरी हुन्छ ? सरल र सहज रुपमा सेवा प्रवाह गर्ने सोच हाम्रो हो । आशा छ हामीले सुरु गरेको घुम्ती सेवा प्रभावकारी बन्नेछ ।”, वडाध्यक्ष बरालले भने ।
वडाले घुम्ती सेवालाई निरन्तरता दिने प्रतिबद्धता समेत उनको छ । नमुना वडाको रुपमा रहेको वडा १३ ले सामाजिक, सांस्कृतिक, धार्मिक पक्षलाई पनि सुदृढ बनाउँदै लगेको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

