लामाचौर कप भलिबल: पुरुषतर्फ गण्डकीलाई हराउँदै गलकोट तेस्रो
पाेखरा | भदौ २१, २०८१

पोखरा: गण्डकी प्रदेश भलिबल संघलाई ट्राभल इन्क्वाइरी गलकोटले सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
पोखराको लामाचौरमा जारी भलिबल प्रतियोगितामा तेस्रो स्थानको लागि भएको पुरुष तर्फको खेलमा ट्राभल इन्क्वाइरी गलकोटले गण्डकी प्रदेश भलिबल संघलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।
शुक्रबार भएको खेलमा गण्डकी प्रदेश भलिबल संघलाई २७–२५, २५–२२ र २५–२२ ले हराउँदै ट्राभल इन्क्वाइरी गलकोटले तेस्रो स्थान हासिल गरेको हो ।
तेस्रो भएको ट्राभल इन्क्वाइरी गलकोटले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै महिलातर्फ गण्डकी प्रदेश भलिबल संघलाई ३–० को सोझो सेटमा हराउँदै एभरेष्टले तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेट एभरेष्टले २५–१५ को जित निकाल्यो । दोस्रो सेटमा २५–२१ र तेस्रो सेटमा २५–१७ को जित निकालेको हो ।
तेस्रो बनेको एभरेष्टले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
महिलातर्फ उपाधि भिडन्तमा टिपटप न्यु डायमण्ड युथ स्पोर्टस् क्बल र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्नेछन् । यस्तै पुरुषतर्फ उपाधिका लागि विभागीय दुई क्लब नेपाल पुलिस र एपिएफ भिड्नेछन् ।
काठमाडौं: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आ...
काठमाडौं: नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य ...
काठमाडौं: नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले यस्तो बताएको हो। सेनाको विज्ञप्तिमा भनिए...