पाेखरामा मन्त्री विरुद्ध घन्कियो नारा: ‘सागर, कृष्णे, बसन्ते गण्डकी प्रदेश मगन्ते’ (फोटो फिचर )

कास्की | असार २८, २०७९

पाेखरामा मन्त्री विरुद्ध घन्कियो नारा: ‘सागर, कृष्णे, बसन्ते गण्डकी प्रदेश मगन्ते’ (फोटो फिचर )

पोखरा:   गण्डकी प्रदेश सभा भवन गेटमा नेकपा एमालेका भातृ विद्यार्थी संगठन अनेरास्ववियुु र राष्ट्रिय युवा संघले सँयुक्त रुपमा विरोध प्रर्दशन गरेको  छ ।

 

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायत अन्य मन्त्रीहरुले पारिवारिक नाममा स्थापित कोषलाई बजेट विनियोजन गरेको विरोधमा विभिन्न नाराबाजी सहित प्रर्दशन गरेको हो ।
 

 

प्रर्दशनको क्रममा युवा तथा विद्यार्थीहरुले ‘सागर, कृष्णे, बसन्ते गण्डकी प्रदेश मगन्ते’ भन्दै नारा लगाए । त्यातिमात्रै होइन, उनीहरुले मुख्यमन्त्रीको राजिनामा समेत मागे । उनीहरुले राष्ट्रिय जनमोर्चाको संसदीय दलकी नेतृपियारी थापालाई समेत व्यङ्ग्य प्रहार गरे । ‘कता गयौं पियारी १ करोड सिंगारी’ भन्दै नाराबाजी गरे । 

 

यसैगरि ‘मुख्यमन्त्री राजीनमा दे, ‘देश लुट्न पाइँदैन’, ‘वडामन्त्री मुर्दावाद’ ‘सागर कृष्णे बसन्ते गण्डकी प्रदेश मगन्ते’ ‘पिएन क्याम्पसमा होस्टेल निर्माण गर’ लगायतका नारा घन्काएका थिए । 

 

हेरौं, सुनगाभाकर्मी बिबि रोकामगरको लेन्सबाट विरोध प्रर्दशन:-

 

 

 

 

 

 

 

 

 

 

 

 

पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गर...

थप पढ्नुहोस्

बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्ल...

थप पढ्नुहोस्

पोखरा:  पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव उत्सव र पर्वकै रुपमा हेरिन थालिएको छ । आयोजक युनाईटेड क्लबले स्थापना कालदेखिनै हरेक पुषको अन्तिम साता देखि माघको पहिलो हप्ता सम्म पोखरा महोत्सवको आयोजना...

थप पढ्नुहोस्