बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरि काम गर्छु: गोकर्ण कार्की

पाेखरा | भदौ २२, २०८१

बैंक तथा वित्तीय क्षेत्रको समस्यामा प्रतिफल आउने गरि काम गर्छु: गोकर्ण कार्की

पोखरा:   पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार गोकर्ण कार्कीले देशमा अहिले व्यापार÷व्यवसाय गर्ने अवस्था नभएको बताएका छन् । 


अधिकांश युवा विदेशीने र स्वदेशमै केही गरौं भन्ने युवा समेत बैंक र वित्तीय क्षेत्रमा आएको समस्याका कारण व्यवसाय छाडेर जानुपर्ने स्थिति आएको र यसको अन्त्य गर्नुअत्यावश्कय रहेको बताएका छन् ।

 
‘बैंक, वित्तीय क्षेत्रका समीयाहरुको उचित निकासको लागि नियामक निकायहरुसँग प्रतिफल आउने गरी काम गर्छु’ कार्कीले भने, ‘हिजो बैंकको चर्को ब्याजरदका कारण आम उद्योगी, व्यापारी, व्यवसायीले निकै कष्ट भोग्नुपरेको छ । मेरै नेतृत्वमा बैंक ब्याजदरको विरुद्धमा विभिन्न ध्यानाकषर्ण गर्ने काम भयो अब नेतृत्वमा बसेर अझ सशक्त हुने चाहाना छ ।’


पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन निर्वाचन समितिको आयोजनामा भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार कार्कीले सो कुरा बताउँदै आफुले उम्मेदवारी दिएपछि डेंगी लागेको र आराम गर्ने स्थितिमा रहेपनि जिम्मेवारी छाड्न नसकेर मैदानमा होम्मिएको बताए । 


देशमा भएका ठुला राजनैतिक घटनाक्रममा समेत संघ विचलित नभई आफ्नो उदेश्यमा अडिग रहेको सुनाउँदै उनले संघ उद्योगी र व्यवसायी हितका लागि मात्रै नभइ सामाजिक सेवामा समेत हरेक क्षण तल्लिन भएको स्पष्ट पारे । 


बरिष्ठ उपाध्यक्ष समेत रहेका कार्कीले २०५५ सालमा पोखरा उद्योग वाणिज्य संघमा साधारण सदस्यको रुपमा प्रवेश गरेका कार्कीले कार्यसमितिमा उद्योग उपाध्यक्षमा दुई कार्यकाल बिताउँदै हाल वरिष्ठ उपाध्यक्षको भूमिका निर्वाह गर्दै गर्दा आम उद्योग, व्यवसायीहरुको विश्वास र साथले नै सफल भएको बताए । 


विभिन्न संघ संस्थामा रहँदाको अनुभव र देश विदेशको भ्रमणबाट सिकेका कुरालाई नेतृत्व तहमा बसेर आम पोखराको उद्योग, व्यवसायी संगै आर्थिक चलायमान बनाउने ध्येय आफ्नो रहेको उनी सुनाउछन् । 
‘उद्योगीहरुको रक्षा, हकहित र सुख दुखमा साथ अनि औद्योगिक र व्यवसायिहरुको उत्थानका साथै सहज र शान्तिपूर्ण व्यवसाय गर्न सक्ने वातावरण बनाउनुनै मेरो लक्ष्य रहेको छ’ उनले भने, ‘कुनैपनि तहबाट राज्यको कानुनमा रहेर उद्योग–व्यवसायिहरुलाई यो वा त्यो वहानामा हतोतसाहित बनाइनु हुँदैन भन्नेमा म सचेत छु ।’ संघमा अबको पालो आफ्नै भएकाले पनि अध्यक्षमा उम्मेदवारी दिएको उनले सुनाए । 


२०११ सालमा स्थापित संघ उद्योगि र व्यवसायिको आस्थाको धरोहर मात्र नभई पोखरोको संवृद्धिको सम्वाहक रहेको उनको भनाइ छ । 


संघको वर्तमान प्रतिष्ठा, स्वरुप र क्रियाशिलताका लागि अग्रजहरुले गरेको आर्थिक नैतिक र भावानात्मक रुपले पु¥याएको ठुलो योगदानको चर्चा गर्दै संस्थागत असल कार्यलाई निरन्तरता दिदैँ शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, औद्योगिकरण र उत्पादनलाई प्रवद्र्धन गर्दै बजार व्यवस्थापन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । 


 

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्