किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन

पाेखरा | भदौ २६, २०८१

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन

पोखरा:   निजी स्वास्थ्य संस्था मार्फत किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ। 


किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजना सेवाका अवरोधहरू हटाउने, परिवार योजना पद्धतिलाई परिष्कृत गरी विस्तार गर्ने, परिवार योजना सम्बन्धी संलग्नतालाई दिगो र व्यवस्थित बनाउन सकारात्मक र सक्षम वातावरण तयार गर्ने यसको प्रमुख उद्देश्य रहेको छ।


सेवाग्राही–केन्द्रित गुणस्तरीय परिवार योजना सेवालाई दिगो रूपमा उपलब्ध गराउनका लागि निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू र फार्मेसीहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न यस योजनाले सहायता प्रदान गर्ने विश्वास गरिएको छ। 


अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा यो योजना गण्डकी प्रदेशका ७ जिल्लाका ११ पालिकाहरूमा सञ्चालित छ। पोखरा महानगरपालिकाका १ हस्पिटल, ४ पोलिक्लिनिक, १ क्लिनिक र २३ फार्मेसी गरी २९ वटा निजी स्वास्थ्य संस्थाहरूमा यो योजना लागु छ। 


नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको जन स्वास्थ्यका कार्यक्रमहरू मध्ये किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रम एक महत्त्वपूर्ण कार्यक्रम हो । 


किशोर किशोरीहरूलाई सहज रूपमा आफ्ना समस्याहरू राख्न र स्वास्थ्य संस्थाबाट प्रदान हुने प्रजनन स्वास्थ्य लगायतका अन्य स्वास्थ्य सेवा लिन उपयुक्त वातावरण तयार गरी सेवाको पहुँच बढाउन “किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९” समेत जारी भई कार्यान्वयनमा रहेको छ । 


यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सरोकारवालाहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निर्देशन दिनुभयो । नागरिकले पाउनु पर्ने स्वास्थ्यको अधिकार प्रत्याभूतिमा सरोकारवालाहरू थप जिम्मेवार बन्नु पर्ने उहाँले बताउनुभयो। 


पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वय तथा मोमेन्टमद्धारा आयोजित कार्यक्रम स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महानगरका जनस्वास्थ्य निरीक्षक सत्यराज साँखीले गर्नुभएको थियो । 

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

थप पढ्नुहोस्

पोखरा:   नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...

थप पढ्नुहोस्