पोखरामा विश्व शान्ति दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता
पाेखरा | भदौ २७, २०८१
पोखरा: पोखरामा विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता हुने भएको छ ।
पोखरा क्लिक प्राली पोखरा–२२ को आयोजनामा आगामी असोज १२ गते विश्व शान्ति दिवस तथा विश्व पर्यटन दिवसको अवसरमा प्रथम पर्वतीय दौड प्रतियोगिता आयोजना गरिएको संयोजक दिननाथ बरालले बताए ।
‘प्राकृतिकरुपमा सुन्दर पोखरामा मानवनिर्मित पोखरा–२२ सिथ्त शान्ति स्तुप होस वा पुम्दीकोट विशाल महादेवको मूर्ति, बुद्ध पार्कले पछिल्लो समय पर्यटकीय राजधानी पोखरा घोषणामा टेवा मिलेको छ, बरालले भने, ‘पोखरा–२२ सहित समग्र गण्डकी प्रदेशको राजधानी पोखरालाई खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्धेश्यले प्रथम पर्वतीय दौड प्रतियोगिता आयोजना गरिएको हो ।’
उनका अनुसार ८ किलोमिटर दौड प्रतियोगिता विश्व शान्ति स्तुपदेखि सुरु भएर पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ को वडा कार्यालय हुँदै नयाँ पर्यटकीय गन्तव्य बुद्ध पार्क (निगाले डाँडा) पुगेर टुङ्गिने छ ।
प्रतियोगितामा नेपालको जुनसुकै क्षेत्रका धावकले खुल्ला रुपमा प्रतिस्पर्धा गर्नेछन् । खुल्ला तर्फको प्रथम हुने विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै महिला धावक र यू–१६ बालबालिका, पोखरा–२२ वडाका धावक मध्य उत्कृष्ट १/१ जनालाई नगद ७ हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गर्ने संयोजक बरालले बताए । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३९ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा हरेक वर्षको सेप्टेम्बर २१ तारिखलाई विश्व शान्ति दिवसको रुपमा मनाउने निर्णय बमोजिम नेपालमा २०६५ सालदेखि यस दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

