मुवाँथाई संघ म्याग्दीको अध्यक्षमा डेक पुन

म्याग्दी | भदौ २८, २०८१

मुवाँथाई संघ म्याग्दीको अध्यक्षमा डेक पुन

म्याग्दी:   म्याग्दी मुवाँथाई संघको अध्यक्षमा डेक पुन सर्वसम्मत चयन भएका छन् । 


नेपाल राष्ट्रिय मुवाँथाई महासंघको परिपत्र अनुसार म्याग्दीको अध्यक्षमा डेक पुनको अध्यक्षतामा ९ सदस्यीय जिल्ला मुवाँथाई संघ तदर्थ समिति गठन गरेको हो ।  


नेपाल राष्ट्रिय मुवाँथाई महासंघका सचिव खगेन्द्र क्षेत्रीको उपस्थितिमा भएको मुवाँथाई खेलाडीहरुको भेलाले म्याग्दी मुवाँथाई संघ गठन गरिएको हो । 


संघको उपाध्यक्षमा राधा पुलामी, सचिवमा कृष्ण रानाभाट र कोषाध्यक्षमा महेन्द्र थकाली सर्वसम्मत चयन भएका हुन् । 


यस्तै  सदस्यहरुमा रितु पुन, साहस गर्बुजा, प्रबिन केसी, कुमार क्षेत्री, हिमाल सुनार रहेका छन् । 

 

पछिल्लो समय नेपालमा मुवाँथाईको लोकप्रियता बढ्दै गएकाले जिल्लामा यसको विकास र विस्तारमा लाग्ने अध्यक्ष पुनले बताए । उनले जिल्ला स्तरबाट समेत व्यवसायीक खेलाडीहरु उत्पादन गर्न लागि पर्ने समेत बताएका छन् । 


 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्