लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित
पाेखरा | भदौ ३०, २०८१
पोखरा: पोखरा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्री र लमजुङे ठाडोभाका गायिका नन्दमाया दुरालाई नगदसहित सम्मान गरेको छ ।
प्रतिष्ठानको छैटौं वार्षिक साधारणका अवसरमा प्रबन्ध निर्देशक क्षेत्रीलाई स्वर्गीय तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार र दुरालाई स्वर्गीय नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कारबाट सम्मान गरेको हो ।
क्षेत्री र दुरालाई नगद ५ हजार ५ सय ५५ सहित सम्मान गरिएको प्रतिष्ठानका सचिव रामजी पौडेलले जानकारी दिए ।
उनीहरुलाई प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष प्राज्ञ प्रजापति पराजुलीले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ गायकगायिका पुरुषोतम न्यौपाने, हरिदेवी कोइराला, शान्ति गुरुङ, जीवन दाहाल, घनश्याम रिजाल, शंकरविरही गुरुङ र कुमार पुनसहित सहभागी थिए ।
साधारण सभाबाट सांगठिक र आर्थिक प्रतिवेदन पारित भएको सचिव पौडेलले जानकारी दिए । कार्यक्रममा गण्डकीका ९ जिल्लाका प्रतिष्ठानका प्रतिनिधि सहभागी थिए ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

