एमसीएल सिजन–३ का लागि खेलाडीहरुको मोलमोलाई: ५ सय देखि १० हजार सम्म
पाेखरा | भदौ ३०, २०८१
पोखरा: पोखरामा व्यवसायिक क्रिकेट गतिविधी सञ्चालन गर्दै आएको माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा माछापुच्छ«े क्रिकेट लिगको सिजन ३ आगामी शनिबारदेखि शुरु हुँदैछ ।
प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका १ सय २० खेलाडीलाई आयोजकले अक्सन मार्फत विभिन्न टिममा आवद्ध गराएको छ । प्रतियोगितामा भाग लिन लागेका विभिन्न टिमहरुले यि खेलाडीहरुका लागि न्यूनतम ५ सय देखि १० हजार सम्मको मुल्य लगाएर खरिद गरे ।
प्रतियोगितामा यसपटक ८ टोलीले सहभागिता जनाउँदै छन् । इस्लामिक कंक्रर्स, एभरेष्ट क्रिकेट क्लव, पोखरा फिनिक्स, कुस्मा वारियर्स, फिस्टेल अपमोस्ट, आरके भिक्टोरियन्स र लेखनाथ बुमर्सले यो संस्करणमा भाग लिन लागेका हुन् ।
यी टिमहरूको कप्तानी क्रमश प्रविन ढकाल, नुर इस्लाम, अजर मसुद, विश्वास गुरुङ, सन्देश शाही ठकुरी, दिपेश खत्री, कबिन सापकोटा र प्रदिप तामाङले गर्नेछन् । उनीहरुको उपस्थितीमा लेखनाथस्थित होटल डे ब्रेकमा आयोजित अक्सन समारोह मार्फत खेलाडीहरूको छिनोफानो लागेको हो ।
अक्सनमा राखिएका मध्ये केहि खेलाडी किन्नका लागि प्रतिस्पर्धी टोलीले हान्थापनै गरे । विनोद नेपालीलाई पोखरा फिनिक्सले १० हजारमा खरिद गर्यो । उनीमाथि सिएनडी वारियर्स, कुस्मा वारियर्स र एभरेस्ट क्रिकेट क्लबले त्यति नै रकमको बिट लगाएका थिए । तर लक्की ड्र मार्फत पोखरा फिनिक्स उनलाई किन्न सफल भयो ।
विश्वास पराजुली पनि टोलीहरूको हान्थापमा परे । उनीमाथि पनि आरके भिक्टोरियन, लेखनाथ बुमर्स र कुस्मा वारियर्सले १० हजार रुपैयाँकै मूल्य लगाएको थियो । गोलाप्रथामा भाग्यमानि बनेको आरके भिक्टोरियनले उनलाई आफ्नों टोलिमा सहभागि गरायो ।
१० हजारमै बिक्री भएका गोरे जिटीमाथि पाँच टिमले समान १० हजारको बोली बोलेका थिए । गोलामा भाग्यमानि बन्दै सिएनडी वारियर्सले उनलाई खरिद गर्न सक्यो ।
त्यस्तै जस्मिन थापा क्षेत्री पनि १० हजार रुपैयाँमै विक्री भए । उनलाई इस्लामिक कंक्रोर्सले लक्की ड्र मार्फतनै खरिद गर्यो । लेखनाथ बुमर्सले पनि थापामाथि १० हजारकै मुल्य लगाएको थियो । बिक्की सर्माले उद्घोष गरेको अक्सन कार्यक्रमका प्रमुख अतिथि स्याँग्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले गोल तानेका थिए ।
खेलाडी खरिदका लागि आरके भिक्टोरियन्स र पोखरा फिनिक्सले सर्वाधिक ४८÷४८ हजार रुयैयाँ खर्च गर्दा कम रकम लगाएको फिष्टेल अपमोष्टले मात्र १३ हजार रुपैयाँ खर्चियो ।
आगामी शनिबारदेखि लेखनाथ स्थित इडन हेभेन क्रिकेट मैदानमा सुरु हुने यो लिग २ महिनासम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख सहित ट्रफी तथा उपविजेताले नगद रु ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याटर तथा उत्कृष्ट बलरले नगद रु पाँच–पाँच हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

