तनहुँ र बुटवलमा दिलसराको भव्य प्रदर्शन
बुटवल | भदौ ३०, २०८१
PHOTO: AMIR MAGAR
पोखरा: मगर समुदायको कला संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ को बुटवल र तनहुँमा भव्य प्रदर्शन भएको छ ।
मगर संसार फोटो ग्यालरीले बुटवलको मिलन चलचित्र हलमा र तनहुँको म्याग्दे गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघ तथा नेपाल मगर संघ म्याग्देको सँयुक्त आयोजनामा शनिबार चलचत्रिको प्रदर्शन गरिएको हो ।
उक्त प्रदर्शनमा करिब १ हजार बढि दर्शकको उपस्थिति रहेकाे तनहुँ 'शो'की संयोजक नरमाया आलेले जानकारी दिइन् ।
उनका अनुसार तनहुँमा २ शो गरिएको थियो ।
बुटवलको प्रदर्शनमा नायिका सृष्टि रानामगरसहित निर्देशक अशोक आलेमगरसँग अन्य कलाकार गएका थिए । भने, तनहुँमा नायक कल्याण रानामगरसँगै अर्का नायिका सुस्मिता पुनमगर सहभागि भएकी थिइन् ।
यसअघि उक्त चलचित्र पोखराको विभिन्न ठाउँमा प्रदर्शन भइसकेको छ । भने, आगामी दिनमा पनि देश तथा विदेशमा प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ ।

मगर कथान चलचित्र दिलसरामा विपन्न परिवारमा जन्मेका नारीको सफलतापछाडिका सँघर्षलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।
जसलाई मजबुद बनाउन प्रेमसम्बन्धको प्रसंगलाई निर्देशक अशोक थापामगरले बुनेका छन् ।
यस्तै समय समयमा हुने हास्य ब्यङ्ग्यले चलचित्रलाई स्वादिलो बनाउन मद्दत पुर्याएको छ ।
मेनोको फिल्म्स् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको हो । सो चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् ।

चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।
अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा (कथा) र मीना थापा मगर (पटकथा) छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् ।
यो पनि पढ्नुहोस

काठमाडौं: दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली याशिवले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा साविक विजेता ...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा ...
पोखरा: शिव शक्ति क्याम्पस, फूलबारीको शनिबार १७ औं क्याम्पस सभा तथा सातौं अधिवेशनबाट सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला ‘विशाल’ निर्वाचित भएका छन् । समाजसेवी, शिक्षासेवी एवं पूर्व बैंकर ह...



