पोखरामा दिलसराको भव्य प्रदर्शन, शनिबार चिलाउनेखर्कमा 'शो' हुदैं
पाेखरा | भदौ ७, २०८१
पोखरा: मगर समुदायको कला संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ को पोखरामा दोस्रोपटक भव्य प्रदर्शन भएको छ ।
बागलुङ -पोखरा मगर समाजले आज (शुक्रबार) विरेन्द्रचोकस्थित समाजको आफ्नै हलमा विशेष प्रदर्शन गरेको हो ।
उक्त प्रदर्शनमा करिब ३ सय बढि दर्शकको उपस्थिति रहेको निर्माता मिना थापामगरले जानकारी दिइन् ।
गत ३ गते पोखरा सभागृहमा पहिलो पटक विशेष प्रदर्शन गरिएको सो चलचित्रले दर्शकको माया पाएको थियो । त्यसपछि चलचित्र प्रदर्शनको मिति तय हुन थालेको छ ।
अब उक्त चलचित्र तनहुँ, गलकोट लगायतको स्थानमा पनि प्रदर्शन गरिने तयारी भइरहेको निर्माता थापामगरले बताइन् ।
उनका अनुसार शनिबार चिलाउनेखर्कमा प्रर्दशन गरिनेछ । चलचित्रमा विपन्न परिवारमा जन्मेका नारीको सफलतापछाडिका सँघर्षलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । जसलाई मजबुद बनाउन प्रेमसम्बन्धको प्रसंगलाई निर्देशक अशोक थापामगरले बुनेका छन् ।
यस्तै समय समयमा हुने हास्य ब्यङ्ग्यले चलचित्रलाई स्वादिलो बनाउन मद्दत पुर्याएको छ ।

मेनोको फिल्म्स् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको हो । सो चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् ।
चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।
अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा (कथा) र मीना थापा मगर (पटकथा) छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् ।
यो पनि पढ्नुहोस
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...



