सुरेशलाई दलित पत्रकार संघ कास्कीको जिम्मेवारी
पाेखरा | भदौ ३१, २०८१
पोखरा: राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार पोखरामा भएको दोस्रो अधिवेशनबाट सुनार अध्यक्षमा चयन भएका हुन् ।
सुनार नेतृत्वको १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सरिता गायक, सचिवमा विजय नेपाली चुनिए ।
यस्तै सहसचिवमा विन्दु परियार र किशोर परियार, कोषाध्यक्षमा कोपिला सुनार निर्वाचित भइन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा सपना रसाइली, विष्णु पोखरेल, विशाल सुनार, सुष्मा नेपाली, प्रकाश रसाइली, प्रिजना दिवाल, राजेन्द्र नेपाली, सविन गायक र मञ्जुला विक छानिए ।
उक्त अधिवेशनबाट केन्द्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधिसमेत चयन गरेको नवनिर्वाचित सहसचिव विन्दु परियारले जानकारी दिइन् ।
उनका अनुसार सात जना केन्द्रिय प्रतिनिधि र १२ जना प्रदेश प्रतिनिधि चयन गरिएको हो ।
यसअघि उद्घाटनसत्रमा बोल्दै कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचालले दलितको मुद्धा दलितले मात्रै नभइ अन्य जातजातीलेसमेत उठाउन आवश्यक रहेको धारणा राखिन् ।
यद्यपी त्यसका लागि अहिले दलितनै लड्नु परेको रुचालले सुनाएकी थिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दीपक परियार, प्रेस चौतारी केन्द्रिय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइराला, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, नेवा पत्रकार पुचः अध्यक्ष अनिशा श्रेष्ठ, फोनिज कास्की अध्यक्ष दिलप्रसाद गुरुङ, नेपाल दलित संघ कास्की अध्यक्ष दुर्गाबहादुर सुनार र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा कास्की अध्यक्ष भीम नेपाली लगायतले बोलेका थिए ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

